शोक मनाउन सिदिङ्वाका बिद्यालयमा आइतवार बिदा

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २५ । शिक्षकको निधनमा शोक मनाउन ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका बिद्यालय आईतवार(आज)का लागि बन्द गरिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार शिक्षक राजेन्द्र रायको निधनमा दुःख व्यक्त गर्दै स्वर्गीय रायको निधनमा शोक मनाउन पालिकाको शिक्षा समितिले आइतवार एकदिनका लागि पालिकाभरीका बिद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

सर्लाही जिल्लाको कौडेना गाउँपालिका वडा नं २ घर भएका स्वर्गीय शिक्षक राय सिदिङ्वा गाउँपालिकाको वडा नं ५ लिम्बूदिनस्थित देउराली आधारभूत बिद्यालयमा कार्यरत रहनु भएको थियो । रायको साउन २४ गते निधन भएको थियो ।

Similar Posts