|

मृगौला प्रत्यारोपण गरेका र डाइलाइसिस गराइरहेकाहरुले सहायता निरन्तर गर्न निबेदन दिनुपर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १८ । मृगौला प्रत्यारोपण गरेका,डाइलाइसिस गराइरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भई ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाबाट आर्थिक सहायता लिइरहेका सेवाग्राहीले सेवाप्राप्तिको नविकरण गर्नुपर्ने भएको छ ।

सिरिजङ्गा गाउँपालिकाकोतर्फबाट आइतवार एक सार्वजनिक आवह्वान गर्दै पालिकाका स्वास्थ्य शाखा संयोजक तथा जनस्वास्थ्य निरीक्षक सञ्जिव सिंहले आउँदो भदौ १५ गतेभित्र उक्त उपचार सेवाको निरन्तरताका लागि लाभग्राहीले पालिकाको सामाजिक विकास शाखामा आबेदन गर्नुपर्ने जानकारी दिनुभयो ।

सेवा निरन्तरताको निबेदन दिन चाहनेले पछिल्लो स्वास्थ्य चेकजाँच गरेका कागजातहरु,चिकित्सकले प्रमाणित गरेको अनुसूची फारम,मेरुदण्ड पक्षघात भएका लाभग्राहीहरुको रातो परिचयपत्रको प्रतिलिपि,नागरिकता वा लाभग्राहीको पूर्ण विवरण खुल्ने प्रमाणित कागजात,सम्वन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि र पासपोर्ट साइजको एकप्रति फोटोसहित आबेदन दिनुपर्ने पालिकाले जनाएको छ ।

मृगौला प्रत्यारोपण गरेका,डाइलाइसिस गराइरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने सम्वन्धी कार्यविधि नै बनाई सहायता रकम उपलब्ध गराउँदै आएको छ ।

Similar Posts