ताप्लेजुङ प्रहरीद्धारा एक फरार प्रतिवादी पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १६ । वाल यौन दुरुपयोग मुद्दाका एक फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं २ बस्ने अन्दाजी ४० बर्षिय लालबहादुर कामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उनलाई शुक्रवार फुङलिङ नगरपालिका वडा नं ३ हेलिप्याड क्षेत्रबाट पक्राउ गरिएको हो । निजले ३ महिना कैद र ६ हजार २ सय ५० रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी रहेको छ ।