|

तमोर नदीमा युवक बेपत्ता

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १६ । ताप्लेजुङस्थित तमोर नदीले बगाएर सोमबार एक युवक बेपत्ता भएका छन् । प्रहरीका अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिबाङका २५ वर्षीय लाक्पा शेर्पालाई तमोर नदीले बगाएर बेपत्ता बनाएको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार फुङ्लिङ नगरपालिका–१ को पुछारस्थित तमोर नदीमा नुहाउने क्रममा शेर्पालाई नदीले बगाएर बेपत्ता बनाएको हो । सोमबार दिउँसो करिव १ः३० बजेतिर नुहाउने क्रममा तमोर नदीमा शेर्पा बगेको भन्ने खबर प्रहरी कार्यालयलाई भएको थियो ।
उक्त खबरपछि इलाका प्रहरी कार्यालय चाँगे दोभानबाट प्रहरी सहायक निरीक्षक (असई) ओमनारायण श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटेको प्रनाउ गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रहरी टोली र स्थानीयले तमोर नदीमा बेपत्ता भएका शेर्पाको खोजी गरी रहेका छन् । शेर्पा ट्रयाक्टरको चालक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Similar Posts