मेरिङदेनको बजेट साढे ५० करोडको

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२।८३ का लागि ५० करोड ५७ लाख ५० हजार ९ सय २८ रुपैयाँको बजेट ल्याउने भएको छ । सोमवार सुरु भएको १८ औं गाउँसभा अधिबेशनमा पालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले नीति तथा कार्यक्रम प्रस्तुत गरेर सभाले पारित गरेपछि उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङले सभामा उक्त बजेट प्रस्तुत गर्नुहुने छ ।
पालिकाले वित्तीय समानीकरणतर्फ संघीय सरकारको अनुदान १० करोड ७९ लाख,सर्शत अनुदान संघीय सर्शत चालुतर्फ १८ करोड ३२ लाख,संघीय सर्शत पुँजीगत अनुदान १ करोड ८९ लाख हुने अनुमान गरेको छ । संघीय बिशेष अनुदान ३ करोड १० लाख,संघीय सरकार समपुरक अनुदान १ करोड १३ लाख,राजश्व बाँडफाँड,मूल्य अभिबृद्धि कर र अन्तशुल्क संघीय विभाज्य कोष ८ करोड ४० लाख ८१ हजार ९ सय २८ रुपैयाँ आय हुने अनुमान गरेको छ ।
पालिकाले वित्तीय समानीकरण प्रदेश अनुदानतर्फ ९७ लाख ११ हजार,सर्शत अनुदान प्रदेश सरकारतर्फ २ करोड ४६ लाख ३६ हजार,प्रदेश समपुरक अनुदान १ करोड ४० लाख,प्रदेश बिभाज्य कोषमार्फत सवारी साधनबाट ५४ लाख ६२ हजार,गत आवको नगद मौज्दात अल्या १ करोड ५ लाख र आन्तरिक स्रोत तथा गैर कर राजश्व असुली ५० लाख रुपैयाँ हुने अनुमानका आधारमा पालिकाले बजेट तयार गरेको हो ।