मैवाखोलाको बजेट अधिबेशन जेठ २७ बाटै

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले जेठ २७ गते देखि बजेट अधिबेशन सुरु गर्ने भएको छ । सूचना जारी गर्दै आर्थिक बर्ष २०८२।८३ को बजेट अधिबेशन आवह्वान गर्ने मैवाखोला ताप्लेजुङकै पहिलो स्थानीय तह हो ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९(२) तथा गाउँ तथा नगरसभा सञ्चालन ऐन २०७५ को दफा ३(१)बमोजिम गाउँसभाको १७ औं अधिबेशन जेठ २७ गतेबाट सुरु हुने छ ।
नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारले हरेक बर्षको असार १० गते सम्ममा आगामी आर्थिक बर्षको नीति,कार्यक्रम तथा बजेट ल्याईसक्नुपर्ने छ । अघिल्लो बर्ष सिरिजङ्गा गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम जेठमै ल्याएको थियो ।