|

एकहजार ४१ थपिए, एकहजार ५६६ निको भएर फर्किए

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, भदौ २० ।
नेपालमा कोभिड–१९ का एक हजार ४१ सङ्क्रमित थपिएका छन् भने एक हजार ५६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट थप एक हजार ४१ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये ३४९ महिला र ६९२ जना पुरुष छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौं उपत्यकाको तीन जिल्लामा ४०८ सहित देशभरि सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
हाल १७ हजार ८७० जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा १२ हजार ४७३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित निको भएर घर फर्केका छन् । प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा एक हजार ५६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । एकैपटक उच्च संख्यामा सङ्क्रमित कोभिड–१९ बाट मुक्त भएसँगै निको हुन दर ६० प्रतिशत पुगेको छ । हालसम्म २७ हजार १२७ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts