मिक्वाखोलाद्धारा अपाङ्गता भएका व्यक्तिलाई सहयाता सामाग्री प्रदान गर्न सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले सहयाता सामग्री प्राप्त गर्न योग्य पालिकाभरीका अपाङ्गता भएका व्यक्तिलाई सहयाता सामाग्री प्रदान गर्न थालेको छ ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत सहयाता सामग्री प्रदान गर्न थालिएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले जानकारी दिनुभयो । अघिल्लो बर्षबाट कोशी प्रदेशभरीका स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा छ । कोशी सरकारको सामाजिक विकास मन्त्रालय,करुणा फाउण्डेसन र सम्वन्धित स्थानीय तहको संयुक्त प्रयासबाट अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । पालिकाले यसअघि पालिकाका ५ वटै वडामा पुगेर अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचान तथा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

आवश्यकता पहिचान भएपछि सहयाता सामग्री प्राप्त गर्न योग्यहरुका लागि पालिकाले सामग्री खरिद गरी बितरण गरेको हो । यो कार्यक्रममार्फत मिलीजुली समूहमार्फत अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमुलक कार्यक्रम सञ्चालन गरी उद्यमतर्फ विकास गराउने योजना समेत अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम समेटिएका छन् । फुङलिङ नगरपालिकाले यसैसाता मात्र अपाङ्गता भएका व्यक्तिलाई सहयाता सामाग्री प्रदान गर्न सुरु गरेको छ । सहयाता सामग्रीमा बैशाखी,कुर्सी चर्पी,श्रवणयन्त्र सहितका सामान हुनेछन् । सहयाता सामग्री प्रदान कार्यक्रममा पालिका उपाध्यक्ष डण्डु लामा शेर्पा,सम्वन्धित वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु,पालिकाको बिषयगत शाखाका कर्मचारी सहितको उपस्थिति रहेको पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

Similar Posts