राजदूत श्रीवास्तवद्धारा पाथीभरा मन्दिरको दर्शन

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २४ । ताप्लेजुङ आएका पुुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधवार प्रसिद्ध शक्तिपीठ पाथीभराको दर्शन गर्नु भएको छ ।

राजदूत श्रीवास्तव मंगलवार राति फुङलिङमा बसी बुधवार बिहान ३ हजार ७ सय ९४ मिटर उचाईको पाथीभरा मन्दिरको दर्शन गरी फर्किएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो । श्रीवास्तवले मंगलवार अपरान्ह मिक्वाखोला गाउँपालिकाका जनप्रतिनिधि,प्रशासन प्रमुख र स्थानीय सरोकारवालासंग भेट गर्नु भएको थियो । भेटका क्रममा राजदूत श्रीवास्तवले मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित साँवा माध्यमिक विद्यालयको भवन निर्माणको बिषयमा पालिकाका जनप्रतिनिधि सहितका सरोकारवालासंग छलफल गर्नु भएको थियो । छलफलका क्रममा पालिका अध्यक्ष भक्तबहादुर कार्की,उपाध्यक्ष डण्डु लामा शेर्पा,प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम सहितले भवन निर्माण प्रकृयालाई तीव्रता दिने बिषयमा आफुहरुले योजना अघि बढाईसकेको जानकारी गराउनु भएको थियो ।

साँवा माविको बिद्यालय भवन भारत सरकारको सहयोगमा निर्माण हुनेगरि यसअघि नै सम्झौता भइसकेको छ । भारत सरकार र मिक्वाखोला गाउँपालिकाको लागत साझेदारीमा विद्यालय भवन निर्माण हुने भएको हो । भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक परियोजना (एचआईसिडिपिएस) मार्फत विद्यालय भवन निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो । १२ कोठा भएको तीनतले विद्यालय भवन निर्माण हुनेगरी सम्झौता भइसकेको छ । सोहि सम्झौता सहितका बिभिन्न बिषयमा छलफल गर्न श्रीवास्तव ताप्लेजुङ आउनु भएको हो । भारत सरकारको सहयोगमा ४ करोड २९ लाख ११ हजार २ सय ९० रुपैयाँको लागतमा उक्त भवन निर्माण हुने सम्झौता छ । गरी

Similar Posts