सिदिङ्वाको कक्षा ८ को नतिजा: १७ प्रतिशत मात्र उर्तीण,६ बिद्यालय निलमा,ग्रेडबृद्धि परीक्षा नहुने

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षामा १७ प्रतिशत हाराहारी बिद्यार्थी मात्र उर्तीण भएका छन् ।

परीक्षा लेखेका १२ मध्ये आधा बिद्यालय निलमा(परीक्षा लेखेका कुनैपनि बिद्यार्थी पास नभएका)गएका छन् । सिदिङ्वा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बद्रीप्रसाद सिटौलाका अनुसार कुल १ सय ५४ परीक्षार्थीमध्ये २६ जना मात्र उर्तीण भएका छन् । अनुर्तीण बिद्यार्थीले कक्षा ८ को पढाई दोहो¥याउनुपर्ने भएको छ । कक्षा ८ सञ्चालित ६ माध्यमिक र ६ आधारभूत तहका बिद्यालयमध्ये ६ वटा बिद्यालयका कुनैपनि परीक्षार्थी उर्तीण हुन सकेनन् ।

पालिकाले ग्रेडबृद्धि परीक्षा सञ्चालन नगर्ने भएको छ । आफुले प्राप्त गरेको नतिजामा चित्त नबुझे १ हजार रुपैयाँ शुल्क तिरेर पुर्नयोगका लागि आबेदन दिन सकिने पालिकाले जनाएको छ । यसअघि ताप्लेजुङको मैवाखोला र फक्ताङलुङ गाउँपालिकाले समेत कक्षा ८ को परीक्षामा अनुर्तीण बिद्यार्थीले कक्षा ८ को पढाई दोहो¥याउनुपर्ने निर्णय गरिसकेको छ । तर मैवाखोला र फक्ताङलुङले भने दुई बिषय अनुर्तीण बिद्यार्थीलाई ग्रेडबृद्धि परीक्षाको मौका दिने निर्णय गरेका छन् ।

Similar Posts