कोलेनिका ताप्लेजुङको नयाँ भवन उद्घाटन

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २५ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको सोमवार उद्घाटन गरिएको छ ।
महालेखा नियन्त्रक डाक्टर गणेशप्रसाद पाण्डेयले नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । २०७७ साल चैत १९ गते निर्माण कार्य सुरु भएको भवन २०८० साल असोज ३० गते निर्माण सम्पन्न भई अहिले उद्घाटन भएको छ । उद्घाटन भएसंगै अब नयाँ भवनबाटै कार्यालयको सेवा प्रदान गर्न सुरु भएको कोष नियन्त्रक यमनाथ गिरीले जानकारी दिनुभयो । भ्याट र पिएससहित २ करोड २८ लाख ९१ हजार ३ सय ४५ रुपैयाँ ६७ पैसामा भवन निर्माण कार्य पूरा भएको छ । ठेक्का सम्झौता भने २ करोड ४७ लाख ९ हजार १ सय ८६ रुपैयाँ ५४ पैसामा गरिएको थियो ।
भवनको सुरु लागत अनुमान भने भ्याट र पिएससहित३ करोड ६४ लाख ९७ हजार २ सय ९ रुपैयाँ ७७ पैसा रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,उप अनुसन्धान निर्देशक सञ्जय मण्डल,उपमहालेखा नियन्त्रकद्धय निरज केसी र ओमप्रसाद रिजाल,जिल्ला समन्वय अधिकारी प्रभा राई,दुर्गादल गुल्मका गुल्मपति विक्रम खड्का,प्रहरी नायव उपरीक्षक रवि रावल,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जन सहितको उपस्थिति रहेको थियो ।