फुङलिङमा खुल्यो एभेरेष्ट बैंकको १ सय ३१ औं शाखा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ९ । ताप्लेजुङको फुङलिङमा एभेरेष्ट बैंक लिमिटेडको १ सय ३१ औं शाखा स्थापना भएको छ ।

शुक्रवार फुङलिङ नगरप्रमुख अमिर मादेनले शाखाको उद्घाटन गर्नु भएको छ । उहाँले बैंकहरुको स्थायित्व र आर्थिक समृद्धिका लागि विकास निर्माणका कार्यहरुमा ब्यापक जनलहरको आवश्यकता समेत औंल्याउनु भएको छ । बैंकहरुले दिने सेवा विश्वासिलो,सरल र ग्राहकमैत्री हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पाथीभरामा केवलकार निर्माणको प्रसंग समेत कोट्याउँदै नगरप्रमुख मादेनले आर्थिक समृद्धिको जगमा मात्र बैंकहरु चलायनमान हुने सेवाग्राहीको आवश्यकता समेत बैंकहरुले पूरा गर्ने विश्वास लिनुभयो ।‘केवलकार अहिलेको आवश्यकता हो,उक्त आवश्यकतालाई पूरा गर्न सबै पक्षले सहयोग गर्नुपर्छ’नगरप्रमुख मादेनले भन्नुभयो । उहाँले बैंकमा गरिने अनावश्यक हस्तक्षेपले नागरिक आफैंले दुःख पाउने भएकोले यस्तो नगर्न समेत आग्रह गर्नुभयो । पछिल्लो समय ‘नो केवलकार पक्षधर’हरुले ग्लोबल आईएमई बैंक केन्द्रित आन्दोलन गर्न थालेकोप्रति नगरप्रमुख मादेनको कटाक्ष थियो ।

एभेरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका सदस्य किरणकुमार श्रेष्ठले ‘फुङलिङ बन्द छ होईन,फुङलिङ बन्दैछ’ भन्ने सन्देश दिन सकेमा मात्र आर्थिक समृद्धिको यात्रा प्रारम्भ हुने बताउनुभयो । उहाँले बैंकहरुले हचुवाको भरमा ब्याजदर निर्धारण सहितका नीतिगत निर्णय लिने नभई राष्ट्र बैंकको अधिन र सर्तका आधारमा मात्र उक्त प्रकृया निर्धारण हुने जानकारी दिनुभयो । एभरेष्ट बैंक ‘थ्रीपी’अर्थात् फ्रफिक्ट(मुनाफा),पिपल(कार्यरत जनशक्ति) र पिपुल अर्थात् समाज वा नागरिक,यि तीन मोडेलमा सञ्चालनमा रहेको श्रेष्ठले बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वा,ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पा सहितले बैंकहरुको उपस्थिति र यसले सेवाग्राहीसामु प्रस्तुत हुँदा ध्यान दिनुपर्ने बिषयका बारेमा सुझाव राख्नु भएको थियो ।

एभेरेष्ट बैंक लिमिटेडका डेपुटी सिइओ बिजयकुमार शर्माका अनुसार एभरेष्ट बैंकका १४ लाख बढी ग्राहक छन् । बैंकका शाखा बाहेक ३२ वटा राजश्व संकलन केन्द्र र १ सय ६७ वटा एटिएम बुथहरु रहेका छन् । सरकारका करिव ६० प्रतिशत राजश्वको कारोवार एभेरेष्ट बैंक लिमिटेडमार्फत हुने गरेको छ । करिव ३० बर्षदखि एभरेष्ट बैंकले सेवा दिइरहेको शर्माले जानकारी दिनुभयो । एभरेष्ट बैंक समाजका हरेक क्षेत्रमा लागानी र व्यापारिक सुविधा दिएर नेपालकै अग्रणी बैंक बनेको समेत शर्माले बताए । बैंकले सेवाग्राहीको मात्र नभएर सिङ्गो देश,व्यापार,कृषि र उद्योगको हितमा कार्य गर्दै आएको शर्माले बताउनुभयो । कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडका कोशी प्रदेश प्रमुख सुधिर गौतम,फुङलिङ शाखा प्रमुख लवकुमार तिमल्सिना सहितको उपस्थिति रहेको थियो ।

Similar Posts