ताप्लेजुङ मार्सल आर्टसमा अनिता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, भदौ ११ । ताप्लेजुङमा अनिता पन्दाकको अध्यक्षतामा नेपाल मार्सल आर्टस हाप्किडो संघको जिल्ला समिति गठन भएको छ । पन्दाकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन भएको हो ।
समितिको उपाध्यक्ष द्वयमा युन्छोहाङ माबो र हिण्डुक्पा शेर्पा, सचिवमा नारद गुरागाईं र कोषाध्यक्षमा रमेश घिमिरे रहनुभएको छ । समिति सदस्यहरुमा छत्र गुरुङ, जमुना पौडेल, झलिन्द्र गौतम, प्रकृति गुरुङ, प्रेम घतानी, पविहाङ थलङ, साइन साँबा लिम्बू र जेनी आङ्बुहाङ रहनुभएको छ ।
नेपाल मार्सल आर्टस हाप्किडो संघ, केन्द्रीय समितिको सर्कुलर र जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका सदस्यसचिव यज्ञनिधि पौडेलको रोहबरमा जिल्ला समिति चयन गरिएको नवगठित समितिकी अध्यक्ष पन्दाकले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts