रनिङ शिल्ड:फुङलिङमा सुरु,आठराई त्रिबेणीमा जारी

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २७ । फुङलिङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भानुजन माविको खेलमैदानमा सुरु भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । तीनदिन सम्म सञ्चालन हुने प्रतियोगिता पुस २९ गते सकिने फुङलिङ नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो ।
यता आठराई त्रिबेणी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारबाट जारी छ । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले शुक्रवार प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।