थप ८८५ जनामा कोरोना संक्रमण,११ को मृत्यु

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ १० । पछिल्लो घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ८८५ मा संक्रमण भेटिएको हो । यस्तै ३८५ जना कोरोना मुक्त भएर घर फर्केका छन् । अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ । आज एकैदिन मर्नेको संख्या ११ रहेको छ । ३४ हजार ४ सय १८ जना संक्रमित हुँदा १४ हजार ७ सय ४९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts