खोक्लिङको वैराखु सामूदायिक वनको अध्यक्षमा पन्थ चयन
-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित वैराखु सामूदायिक वन उपभोक्ता समूहको अध्यक्षमा हरिप्रसाद पन्थ चयन हुनुभएको छ । शनिबार सम्पन्न समूहको छैटौं अधिवेशनले पन्थ अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा दिलकुमारी लिम्बू, सचिवमा सरिता राई र कोषाध्यक्षमा डिना लिम्बू चयन हुनुभएको छ । समूहको सदस्यमा लाक्पा दिकी शेर्पा, मिलन राई, दावा शेर्पा, श्यामफुटी शेर्पा, इन्द्रकुमारी लिम्बू, फूलमाया विक र आइतराज राई रहनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाको प्रमुख आतिथ्यतामा समूहको अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा सव डिभिजन वन कार्यालय मिक्वाखोलाका फरेस्टर माधव गुरागाई, वनरक्षक सुरेश सिग्देल लगायतको उपस्थिति रहेको थियो ।