|

मिक्वाखोलामा मङ्सिर ९ र १० गते विदा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर ७ । ताप्लेजुङको मिक्वाखोलाले मङ्सिर ९ र १० गते स्थानीय विदा दिएको छ । गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव २०८१ को अवसरमा सो विदा दिएको हो ।
गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साँवाको तेम्बामा शुक्रबारदेखि चार दिने अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव सुरु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले सूचना जारी गर्दै उक्त ऐतिहासिक महोत्सवको अवसरमा आइतबार र सोमबार अर्थात मङ्सिर ९ र १० गते दुई दिन स्थानीय विदा दिएको उल्लेख गरिएको छ ।
विदाको दिन गाउँपालिका कार्यालय र सबै वडा कार्यालयले प्रवाह गर्ने सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ । विक्रम सम्बत् २०४५ सालदेखि सुरु भएको फुङ्फुगे युवा मेला माओवादी सशस्त्र द्वन्द्व सुरु भएपछि बन्द भएको थियो । यसवर्ष मेला आयोजना हुन छोडेको करिव २९ वर्षपछि सोही मेलाको निरन्तरतास्वरुप अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव आयोजना गरिएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts