करेन्ट लागेर घाइते ताप्लेजुङको मैवाखोलाकी ७ बर्षिय बालिकाको मृत्यु

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ३ । विद्युत प्रवाह भइरहेको तार पोलबाट खसेर लाग्दा गम्भिर घाइते ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ की ७ बर्षिय बालिकाको मृत्यु भएको छ ।

उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याउने क्रममा उहाँको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) रवि रावलका अनुसार मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं ३ का साङ्गे शेर्पाकी ७ बर्षिया छोरी मंसिरी शेर्पा रहनु भएको छ ।

सरस्वती आधारभूत बिद्यालय तुम्बेमा अध्ययनरत उहाँ घर फर्कदै गर्दा पोलबाट झरेको बिद्युतीय तारले लागेको थियो । मैवाखोला गाउँपालिकाको वडा नं ५ स्थित पार्टीडाँडा माविका शिक्षक शान्ता आङवुहाङका अनुसार सो क्षेत्रमा दुईबर्ष अघि मात्र यस्तै प्रकृतिको करेन्ट लागेर एकजनाले ज्यान गुमाएका थिए ।

 

Similar Posts