जनताकै घरदैलोमा पुगी स्वास्थ्य परीक्षण,दशैं–तिहारको शुभकामना र सामाजिक सुरक्षा भत्ता बितरण गर्दै फक्ताङलुङ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २८ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले लाभग्राहीका घर–घरमै पुगेर स्वास्थ्य परीक्षणसंगै सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेको छ ।

पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले लाभग्राहीको स्वास्थ्य परीक्षणसंगै सामाजिक सुरक्षा भत्ता बितरण र दशैं–तिहारको शुभकामना समेत उक्त भेटघाटकै क्रममा दिईएको जानकारी दिनुभयो । पालिकाले वडा नं २ खेजेनिमका साविक वडा नं २ र ३ का घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण र लाभग्राहीको स्वास्थ्य परीक्षण कार्य सुरु गरेको जनाएको छ । पालिका अध्यक्ष लिम्बूले आर्थिक बर्ष २०८३।८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरणसंगै लाभग्राहीकै घरमा पुगेर उनीहरुको सामान्य स्वास्थ्य परीक्षण र गरिएको जानकारी दिनुभयो ।

पालिका अध्यक्ष लिम्बूले अग्रजहरुको सम्मान,स्वास्थ्यको खाल र सेवामा सहजताका लागि घर आँगनमै पुगेर सेवा प्रदान गर्ने पालिकाको नीति अनुसार कार्यक्रम अघि बढाएको समेत जानकारी दिनुभयो । स्थानीय सरकारलाई जनताले सबैभन्दा नजिकको सरकारको रुपमा बुझ्ने गरेको बताउँदै पालिका अध्यक्ष लिम्बूले फक्ताङलुङ गाउँपालिकाले‘जनताको सेवा,जनताकै घरदैलोमा’भन्ने नारालाई सार्थक बनाउने एक प्रयासलाई निरन्तर र नियमित गर्दै आएको जानकारी दिनुभयो ।

 

Similar Posts