डाक्टर पढ्नेहरुका लागि पाथीभरा याङवरक गाउँपालिकाले छात्रबृत्ति दिन माग्यो आबेदन
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २७ । चालू आर्थिक बर्षको बजेटमा व्यवस्था भए अनुसार ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले एमबिबिएस तहको अध्यापन गराउन बिद्यार्थीहरुबाट आबेदन माग गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार गाउँपालिका भित्र स्थायी बसोबास भई हाल एमबिबिएस डाक्टर अध्ययरत बिद्यार्थीले छात्रबृत्ति प्राप्तिका लागि गाउँपालिकामा निबेदन गर्नुपर्ने हुन्छ । घिमिरेका अनुसार प्रकृया पूरा गरेकाहरुले मंसिर ३ गते भित्रमा छात्रबृत्ति प्राप्तिका लागि आबेदन गरिसक्नुपर्ने छ ।
आबेदकले नागरिकता वा जन्मदर्ताको प्रतिलिपि,बैंक चेकको प्रतिलिपि,सम्वन्धित वडाको सिफारिस,अध्ययरत रहेको सम्वन्धित शिक्षण संस्थाको सिफारिस वा प्रमाणित–पत्र समेत संलग्न राखी निबेदन दिनुपर्ने हुन्छ । चालू आव २०८१।८२ को बार्षिक बजेटमार्फत गाउँपालिकाले पालिका भित्र स्थायी बसोबास गर्ने र एमबिबिएस तहको पढाईका लागि प्रकृया पुगेकालाई छात्रबृत्ति उपलब्ध गराउने गरी बजेटको प्रवन्ध गरेको छ ।