| |

ओलाङ्चुङगोलामा भेटियो दुर्लभ रेडपान्डा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २६ । ताप्लेजुङको ओलाङ्चुङगोला क्षेत्रमा दुर्लभ रेडपान्डा (हाब्रे) फेला परेको छ । चीनसँगको सीमावर्ती भेग फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको जोम्गिम क्षेत्रमा दुर्लभ रेडपान्डा फेला परेको हो ।
ओलाङ्चुङगोलाका स्थानीय टासी शेर्पाले टासी शेर्पाले उक्त रेडपान्डा भेट्नुभएको हो । शेर्पाले जोम्गिम क्षेत्र रेडपान्डा भेटेपछि भिडियो र तस्बिर खिचेर आफ्नो सामाजिक सञ्जालमा लगाउनुभएको छ । निकै लामो समयको अन्तरालपछि ओलाङ्चुङगोला क्षेत्रमा रेडपान्डा देखिएको स्थानीय बताउँछन् ।
स्थानीय तेन्जिङ वालुङका अनुसार ओलाङ्चुङगोला क्षेत्रमा पहिले–पहिले प्रायः रेडपान्डा सधैं भेटिने गरेको थियो । लामो समयसम्म नदेखिएको रेडपान्डा यसपटक ओलाङ्चुङगोला बस्तीभन्दा केही तलको जोम्गिम क्षेत्रमै भेटिएको उहाँले बताउनुभयो । पर्यटकीय स्थलका रुपमा रहेको ओलाङ्चुङगोला क्षेत्रमा रेडपान्डा भेटिन थालेपछि पर्यटक थप आकर्षित हुने स्थानीय बासिन्दाको अपेक्षा छ ।
विगतमा ओलाङ्चुङगोलासहित उत्तरी सीमावर्ती हिमाली क्षेत्रमा दुर्लभ रेडपान्डाको चारी शिकारी हुने बताइने गरिएको थियो । स्थानीयका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको हिमाली भेगमा तिब्बतका शिकारी सीमा क्षेत्रमा प्रवेश गरेर रेडपान्डा, डाँफेजस्ता दुर्लभ जीवजन्तुको चोरी शिकारी गर्ने गर्दथे ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts