|

फुङ्लिङ स्पोर्टिङ क्लबलाई फुटबल उपाधि

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १० । ताप्लेजुङको फुङ्लिङमा सम्पन्न स्वर्गीय चन्द्रबहादुर नयोङ्हाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि फुङ्लिङ स्पोर्टिङ क्लबले जितेको छ । फाइनलमा मिलन चौतारी युवा क्लब खोक्सेलाई ५–४ गोल अन्तरले पराजित गर्दै फुङ्लिङले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टोली गोलरहित भएपछि खेल प्यानल्टी सुटआउट (ट्राइबेकर)तर्फ धकेलिएको थियो । प्यानल्टी सुटआउटमा फुङ्लिङले मिलन चौतारीलाई पराजित गर्न सफल भएको हो । उपाधि जितसँगै फुङ्लिङले ८१ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता बनेको मिलन चौतारीले नगद ४१ हजार १११ रुपियाँ र ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । तेस्रो संस्करणअन्तर्गतको फुटबल प्रतियोगिता कात्तिक ४ गते आइतबारदेखि सुरु भई शुक्रबार सम्पन्न भएको हो । दसैँ तिहारको अवसर पारेर आयोजित प्रतियोगिता पाथीभरा बहुमुखी क्याम्पसको खेल मैदानमा खेलाइएको थियो । आयोजक कर्णसिंह सोनाम फुटबल क्लब, प्रतियोगिता सञ्चालन समितिका अध्यक्ष मनकुमार लिम्बूका अनुसार २० टोलीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts