पूर्व राष्ट्रपति भण्डारीले पार्टीको नेतृत्व गर्ने या नगर्ने बहसमा योगेशको भनाई‘ओलीकै प्रस्ताव र सहमतिमा मात्र सम्भव’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ९ । एमाले सचिव तथा प्रतितिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएर पार्टीको नेतृत्व गर्ने वा नगर्ने बिषय पार्टी अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा आधारित हुने बताउनु भएको छ । भण्डारी आफैंले पनि यो बारे निर्णय गरि नसकेको बताउँदै भट्टराईले यदि पार्टी नेतृत्व गर्ने अवस्थामा पनि पार्टी अध्यक्ष ओलीकै प्रस्ताव र सहमतिमा मात्र त्यो अवस्था आउने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ ताप्लेजुङको संयोजनमा शुक्रवार ताप्लेजुङमा कार्यरत महिला पत्रकारहरुको अन्तरसम्बाद कार्यक्रममा पूर्वमन्त्री समेत रहनु भएका भट्टराईले पार्टी अध्यक्ष ओलीको धारणाका आधारमा नै यो बिषयको निक्र्योल हुने बताउनुभयो ।‘अहिले हाम्रो पार्टी अध्यक्ष उहाँ नै हो,हाम्रो अभिभावक हो’प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै भट्टराईले भन्नुभयो‘उहाँको धारणाका हिसाबले निर्णय हुन्छ,पूर्व राष्ट्रपति पार्टी नेतृत्वमा आउने नआउने बिषय पनि पार्टी अध्यक्षकै प्रस्ताव र सहमतिमा आधारित हुन्छ’ । भट्टराईलाई महिला पत्रकारहरुले पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय गराएर फेरि बाम एकताको पहल सुरु गर्न तपाँई सहितको एउटा नेतृत्व लागेको छ भन्ने सुन्नमा आएको भन्दै यसबारे प्रष्ट पार्न जिज्ञासा राखेका थिए ।

भट्टराईले आउँदो पुस–माघतिर चालू आर्थिक बर्षको बजेट पुनरावलोकनका लागि मध्यावधि समिक्षा हुने बताउनुभयो । उहाँले बजेट पुनरावलोकनका क्रममा देशभरका स्थानीय तहको पालिका र जिल्ला सदरमुकाम जोड्ने बाटो कालोपत्रे गर्ने योजनाका लागि बजेट बिनियोजन हुने समेत दावी गर्नुभयो । भट्टराईले भन्नुभयो‘हामीमा कायम रहेको यो अवधारणा विगतको सरकारको प्राथमिकतामा नपरेकोले पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने योजना बजेट पुनरावलोकनका क्रममा सम्बोधन हुने छ’ । उहाँले सार्वजनिक खरिद ऐनलाई शंसोधन गर्नु अपरिहार्य रहेको बताउँदै सबैभन्दा कम रेटमा ठेक्का हालेर गुणस्तरहिन काम गर्ने परिपार्टी हटाउन पनि मौजुदा कानुन शंसोधन गर्नु अनिवार्य रहेकोमा जोड दिनुभयो ।

आफुले प्रधानमन्त्री केपी ओली र भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललाई भेटेर हेंवाखोलामा बेलिब्रिज वा पक्की पुल निर्माणको प्रकृया तत्काल थाल्न अनुरोध गरेको भट्टराईको भनाई थियो । उहाँले कम्तिमा एकसय वटा बेलिब्रिज देशभरका प्रदेश मुकामहरुमा मौज्दात रहनेगरी राख्ने व्यवस्थाका लागि प्रधानमन्त्रीसंग आग्रह गरेको भट्टराईले बताउनुभयो । तमोर करिडोर,बहानन्दे–दोभान सडक,लिम्बूनी पुल,सुकेटार–काफ्लेपाटी सडक,मेची राजमार्ग अन्र्तगत पर्ने सुकेटार–गढीडाँडा–थिवा सडक र फावाखोला–तेल्लोक सडक निर्माण तथा स्तरोन्नतीका लागि आफुले पहल लिइरहेको भट्टराईको भनाई थियो । उहाँले बिहीबार मात्र सुकेटार–काफ्लेपाटी सडकको निरीक्षण गर्दै भनेजस्तो कार्य प्रगति नगर्ने ठेकेदार कम्पनीलाई यथाशीघ्र र द्रुत काम अघि बढाउन निर्देशन समेत दिनु भएको थियो । उहाँले यो सडकको काम अपेक्षाकृत अघि बढ्न नसकेको भन्दै नियमक निकायका प्रमुख र सडक विभागलाई समेत ध्यानाकर्षण गरेको बताउनुभयो ।

तमोर करिडोर क्षेत्रमा पैसाको अभाव नरहेको बताउँदै भट्टराईले तीव्र गतिमा काम अघि बढाउन सम्वन्धित निर्माण व्यवसायीसंग नियमित परार्मश गरिरहेको बताउनुभयो । जिल्लाका साझा समस्याको हलका लागि आफुले काठमाडौंमै रहेर पनि निरन्तर समन्वय गरिरहेको भट्टराईको भनाई थियो । पाथीभरा क्षेत्रमा केवलकार निर्माणको बिषय समेत उठान भएको अन्तरसम्वादका क्रममा बोल्दै भट्टराईले संस्कृति र प्रकृति बचाएर पूर्वाधारका काम अघि बढाउनुपर्ने दोहो¥याउनुभयो ।

केवलकार जस्ता पूर्वाधारका काम निजी क्षेत्रबाट हुने गरेको बताउँदै उहाँले लगानीकर्तालाई निरुत्साहित गर्ने नभई उपयुक्त सुझाव दिएर लगानी प्रोत्साहित हुने कार्यमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो । आफुले चुनेका प्रतिनिधिप्रति टिप्पणी गर्ने अधिकार जनतामा निहित रहेको बताउँदै भट्टराईले जनताका उपयुक्त सुझाव ग्रहण गर्ने तथा पूवाग्रह राखेर गरिएका टिप्पणी इन्कार गर्ने हक व्यक्तिमा रहने बताउनुभयो । उहाँले संसदीय छानबिन समितिले दिएको प्रतिबेदन कार्यान्वयन गर्नु सरकारको दायित्व भएकोले रवि लामिछाने बिरुद्ध भइरहेको अनुसन्धान प्रतिशोधपूर्ण भन्नु राजनीतिक बेइनामी हुने टिप्पणी गर्नुभयो ।

 

 

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts