| |

एमाले मैवाखोला गाउँपालिका अध्यक्षमा थक्लुङ चयन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ८ । नेकपा (एमाले) मैवाखोला गाउँपालिका कमिटीको अध्यक्षमा राजनकुमार थक्लुङ चयन हुनुभएको छ । पालिका कमिटीको दोस्रो अधिवेशनमार्फत थक्लुङ अध्यक्ष रहेको ४१ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन भएको हो ।
पालिका कमिटीको उपाध्यक्षमा पवित्रा तामाङ, सचिवमा थर्ककुमार चोङ्बाङ (दिवस) तथा उपसचिवहरुमा रामकुमार विश्वकर्मा र विष्णु लिम्बू चयन हुनुभएको छ । मैवाखोला गाउँपालिका कमिटीको अधिवेशन एमालेका केन्द्रीय सचिव एवम् प्रतिनिधि सभाका सदस्य योगेशकुमार भट्टराईले मंगलबार उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनमा पार्टी सचिव भट्टराईसहित, पोलिटव्युरो सदस्य तथा कोशी प्रदेश सभाका सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य टंक आङ्बुहाङ, जिल्ला कमिटी अध्यक्ष डम्बरध्वोज तुम्बाहाम्फे सहितका पदाधिकारीलगायत सहभागी बन्नुभएको थियो । हाल धमाधम पालिकास्तरीय कमिटी चयनको क्रम चलिरहेको एमाले जिल्ला कमिटी सचिव एवम् प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङ राईले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts