आफ्नो मन्त्रालय र मातहतका निकायमा आर्थिक अनुशासन गुम्ने गतिविधि सैह्य नहुने प्रदेशमन्त्री हाङगामको भनाई

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ७ । कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्नो मन्त्रालय र मातहतका कार्यालयहरुमा आर्थिक अनुशासन गुम्ने कुनैपनि गतिविधि भएको पाइए आफु त्यसबिरुद्ध निर्मम बन्ने बताउनु भएको छ ।

जिल्ला समन्वय समिति ताप्लेजुङको आठौं जिल्ला सभा तथा बार्षिक समिक्षा कार्यक्रममा बोल्दै मन्त्री हाङगामले आफुले सम्हालेको मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारी कर्तव्य,जिम्मेवारी र नैतिकतावोध सहितको हुनुपर्ने आफ्नो मान्यता रहेको प्रष्ट्याउनुभयो । कर्तव्य,जिम्मेवारी र नैतिकताबाट च्यूत भएको पाइए आफु त्यसबिरुद्ध निर्मम रुपले प्रस्तुत हुने उहाँको भनाई थियो । उहाँले मातहतका निकायका कर्मचारीहरुलाई कर्तव्य र जिम्मेवारीबाट अलिकति पनि तलमाथि नहुने गरी काम गर्न निर्देशन पनि दिनुभयो । जनप्रतिनिधि र कर्मचारीबिचको कार्यप्रतिको वोध र असल सहकार्यको तादम्यताले मात्र देश विकासको गति बढाउने उहाँको भनाई थियो ।

मन्त्री हाङगामले नीतिनियम,कार्यदेश,जिम्मेवारी र कर्तव्य भुल्ने हो भने यसले आर्थिक सहितका सबै अनुशासन गुम्ने भएकोले यसतर्फ कर्मचारी संयन्त्र सचेत हुनुपर्ने बताउनुभयो । ताप्लेजुङको समग्र विकासको मुख्य जिम्मेवारी प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा स्थानीय तहका प्रमुखहरुको रहेकोमा जोड दिँदै हाङगामले विकास र समृद्धिको अभियानमा सहकार्य गर्न आफु जहिल्यै तयार रहेको बताउनुभयो ।‘विकास निर्माणको साझा एजेण्डामा साझा सहमति कायम हुनु अपरिहार्य गरेकोमा मन्त्री हाङगामले जोड दिनुभयो।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्रीद्धय तिलकुमार मेन्याङवो र निर्मला तावा,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,उपप्रमुख कृष्णप्रसाद लिङखिम,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम,प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्य सहितले आ–आफ्नो धारणा राखेका थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts