| |

सिटिजनद्वारा सुत्केरी महिलालाई न्यानो सिरक वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ४ । ताप्लेजुङमा सुत्केरी महिला (आमा) लाई न्यानो सिरक वितरण गरिएको छ । आफ्नो सातौं वार्षिक उत्सवको अवसर पारेर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ताप्लेजुङ शाखाले सुत्केरी महिलालाई न्यायो सिरक वितरण गरेको हो ।
इन्स्योरेन्स कम्पनीले वार्षिक उत्सवको अवसरमा आइतबार १० जना सुत्केरी महिलालाई सिरक वितरण गरेको छ । कम्पनीका शाखा प्रमुख शर्मिला खतिवडाले सुत्केरी महिलाको स्वास्थ्य तन्तुरुस्त राख्नमा सहयोग पु¥याउने उद्देश्यले सिरक वितरण गरेको बताउनुभयो ।
सुत्केरी अवस्थामा महिलाको स्वास्थ्य निकै कमजोर र पीडादायी हुने भएकाले कम्पनीले वितरण गरेको न्यानो सिरकले थोरै भए पनि उनीहरुको स्वास्थ्यका लागि राहत पुग्ने विश्वास लिएको शाखा प्रमुख खतिवडाले बताउनुभयो । हिमाली जिल्ला भएकाले ताप्लेजुङमा जाडो सुरु भएको र यही मौसमलाई दृष्टिगत गरी महिलालाई सिरक वितरण गरिएको पनि शाखाले जनाएको छ ।
कम्पनीले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत वार्षिक उत्सवको असवर पारेर शाखाले यसपटक सुत्केरी महिलालाई न्यानो सिरक वितरण गरेको जनाएको छ । कम्पनीले आफ्नो वार्षिक उत्सव यही कात्तिक २ देखि ९ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाइरहेको पनि शाखा प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts