ताप्लेजुङका रेडपाण्डा पाइने क्षेत्रका बस्तिहरुमा रहेका कुकुर र बिरालोलाई रेविज बिरुद्धको भ्याक्सिन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २८ । रेडपाण्डा संरक्षण अभियान सञ्चालन गर्दै आएको हिमाली संरक्षण मञ्चले ताप्लेजुङको रेडपाण्डा पाइने क्षेत्रका बस्तिहरुमा रहेका कुकुर र बिरालोलाई रेविज बिरुद्धको भ्याक्सिन दिएको छ ।

रेडपाण्डा नेवर्टकको आर्थिक सहयोगमा विगत लामो समयदेखि हिमाली संरक्षण मञ्चले रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आरहेको छ । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार फुङलिङ नगरपालिकाको फावाखोला,फुरुम्बु,काफ्लेपाटी र माथिल्लो फेदी र हाङदेवा,पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे र सिरिजङ्गा गाउँपालिकाको सिकैचाका बस्तिहरुमा रहेका कुकुर र बिरालोलाई रेविज बिरुद्धको भ्याक्सिन दिइएको छ । उहाँका अनुसार यो अवधिमा ३ सय ६८ वटा कुकुर र बिरालोलाई रेविज बिरुद्धको भ्याक्सिन दिइएको छ ।

कुकुर र बिरालोका लागि भिटामिन,लुतोको औषधि र जुम्राको औषधि समेत बितरण गरिएको राइले जानकारी दिनुभयो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्राविधिकहरुमार्फत उक्त शिविर सञ्चालन गरिएको राईले बताउनुभयो । हिमाली संरक्षण मञ्चले आउँदो कात्तिक अन्तिम साता देखि मंसिर पहिलो साता सम्ममा फुरुम्बु क्षेत्रका बस्तिहरुमा रहेका कुकुरका लागि वन्ध्याकरण शिविर समेत सञ्चालन गर्ने तयारी गरिएको राईले जानकारी दिनुभयो ।

केहिबर्ष अघि ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाइने रेडपाण्डा मरेको अवस्थामा भेटिएका थिए । कुकुर वा अन्य जन्तुको आक्रमणबाट मरेको हुनसक्ने प्रारम्भिक निश्कर्षका आधारमा रेडपाण्डाको प्रत्यक्ष सम्पर्कमा पुग्ने कुकुर र बिरालोलाई रेविज बिरुद्धको भ्याक्सिन दिने अभियान हिमाली संरक्षण विगत समय देखि नै चलाउँदै आईरहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts