पाथीभरा मन्दिरमा कालरात्री पूजा,फेदीमा मौलो पूजा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २५ । नेपालकै प्रसिद्ध शक्तिपीठ ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा कालरात्री पूजा गरिएको छ भने माथिल्लो फेदीमा मौलो पूजा गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा पाथीभरा मन्दिरमा कालरात्री पर्व पूजा गरिएको हो । बिहीवार मध्यरातमा कालो बोकाको बली दिएर कालरात्री पूजा विधिपूर्वक सम्पन्न गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा मन्दिरमा पुजारी डिल्लीरमण आचार्यका अनुसार पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङ बिहीबार दिनभर निराहार बसी मध्यरातमा विधिपूर्वक कालरात्री पूजा सम्पन्न गर्नु भएको हो ।

यता हाङवाङकै उपस्थितिमा शुक्रवार बिहान माथिल्लो फेदीमा रहेको प्रहरी चौकीमा मौलो पूजा गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र मातहतका सबै प्रहरी युनिटहरुमा समेत मौलो पूजा गरिएको छ । नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष वडादसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा हुँदै आइरहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts