हेंवाखोलामा बनेको अस्थायी डाइभर्सनबाट गुड्न थाले चारपाङ्ग्रे सवारी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट 
ताप्लेजुङ,असोज २३ । पाँचथरको हेंवाखोलामा बनेको अस्थायी डाइभर्सनबाट चारपाङ्ग्रे सवारी साधन समेत गुड्न थालेका छन् ।

यसअघि दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत गर्नका लागि हेंवाखोलामा फड्के पुल बनाइएको थियो । अस्थायी डाइभर्सनमार्फत बुधवार बिहान अबेरबाट चारपाङ्ग्रे सवारी समेत कुद्न थालेका हुन् । अस्थायी डाइभर्सनमार्फत आफुहरु चढेको सवारी सहित हेंवाखोला अन्य सवारी पास भएको ताप्लेजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । असोज १२ गते देखि परेको अविरल बर्षा पछि आएको बाढीले हेंवाखोलामा रहेको बेलिब्रिज बगाएसंगै मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्ड अबरुद्ध थियो । हेंवाखोलामा ३२ वटा ह्युमपाइप बिछ्याएर अस्थायी डाइभर्सन बनाइएको छ । यो संगै मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्ड यातायातले जोडिएको छ ।

उता पहिरोले सडक छिनाएर लगेपछि पाँच दिनअघिदेखि अवरुद्ध मेची राजमार्गको इलाम राजदुवाली खण्ड मंगलबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । पाँचथरको रमिते र इलामको राजदुवाली खण्डमा थप समस्या नआए मेची राजमार्गको बिर्तामोड–ताप्लेजुङ सखक खण्डमार्फत चारपाङ्ग्रे साना सवारी दुर्गर्ने छन् । राजदुवाली सडक खण्डको सडक एकतर्फी खुलाइए पनि ठूला सवारी र ढुवानीका साधनलाई भने प्रवेश अनुमति दिइएको छैन । हेंवाखोलाको अस्थायी डाइभर्सनमार्फत सवारी चारपाङ्ग्रे सवारी पनि वारपार हुन थालेपछि ताप्लेजुङबाट तमोर करिडोर हुँदै सिधै धरानतर्फ निस्कन समेत सहज भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts