करिव तीन करोड रुपैयाँको लगानीमा फुङलिङमा सुरु भयो ‘होटल जन्नु इन तथा पार्टी प्यालेस’

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १८ । ताप्लेजुङको फुङलिङ बजारमा तीन करोड रुपैयाँ बढी लगानीमा ‘होटल जन्नु इन तथा पार्टी प्यालेस’सञ्चालनमा आएको छ ।

शुक्रवारबाट ‘होटल जन्नु इन’ले औपचारिक सेवा प्रारम्भ गरेको सो होटलका सञ्चालकमध्येका एक बलबहादुर साम्सोहाङले जानकारी दिनुभयो । उहाँका अनुसार १४ वटा एटेज तथा बाँकी नन् एटेज र कमन गरी होटलमा करिव ३० वटा कोठा रहेका छन् । सबै गरी करिव एकसयजनालाई आवासको सुविधाजनक प्रवन्ध हुने क्षमताको रहेको उहाँले जानकारी दिनुभयो । करिव साढे ४ रोपनी क्षेत्रफलमा फैलिएको होटल परिसरमा पर्याप्त र सुरक्षित पार्किङ,करिव २ सय जना मानिस एकसाथ बसेर सभा सञ्चालन गर्न सक्ने क्षमताको सेमीनार हल,तिब्बतीयन शैलीको बसाईमा आधारित रहेर निर्माण भएको खाने–बस्ने कक्ष,सुरक्षित तवरका बिशिष्ट र साधारण गेटटुगेदर कक्षको निर्माण भएको अर्का सञ्चालक सदस्य दावाचुङ्दा शेर्पाले जानकारी दिनुभयो ।

होटलमा तोङ्वा र सुकुटीका खान बस्नका लागि बेग्लै कक्ष छ भने कमन र बिशिष्ट गरी दुईवटा कक्ष पेयपदार्थ सहितका उपभोग्य बस्तु खान बस्नका लागि तयार भएको छ । छुट्टै ‘स्मोकिङ जोन’बनाइएको छ । पुरानो जिल्ला प्रशासन कार्यालय(पछि कञ्चन एकेडेमी सञ्चालन भएको) क्षेत्रमा सञ्चालित होटल जन्नु इन तथा पार्टी प्यालेसको शुभारम्भ गर्दै कोशी प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङवोले पर्यटनको प्रचुर सम्भावनाभएको क्षेत्र ताप्लेजुङमा होटल तथा पार्टी प्यालेस सञ्चालन हुनु गौरवको बिषय भएको बताउनुभयो ।

कोशी प्रदेश सरकारका पूर्व मन्त्री समेत रहनु भएका साम्सोहाङ सहित दावाचुङदा शेर्पा,दावाछेतेन शेर्पा र राजन साम्सोहाङ सहितको लगानीमा होटल सञ्चालनमा आएको हो । उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य सहितका व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts