ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको ओख्राबुमा छोराद्धारा बाबुको हत्या,छोरा पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १७ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं १ बस्ने ५६ बर्षिय श्यामबहादुर लिम्बूलाई उनकै ३० बर्षिय छोरा सुमनले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार घरायसी विवादका क्रममा सुमनले बाबु श्यामबहादुरलाई आफ्नै घरमा धारिलो हतियार बामफोक प्रहार गरी हत्या गरेका हुन् ।

बाबुको हत्या गर्ने छोरा सुमनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts