फुङलिङ नगरपालिकाको निर्णय,नगरक्षेत्रमा यातायातका साधन तथा शैक्षिक संस्थामा बन्द हड्ताल गर्न नपाइने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगरपालिका भित्र यातायातका सवारी साधन तथा शैक्षिक संस्थाहरुमा बन्द हड्ताल गर्न गराउन नपाउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको ४५ औं बैठकले गरेको उक्त निर्णय कार्यान्वयनको सहयोगका लागि लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिसकिएको नगरपालिकाले जनाएको छ ।

नेपालीहरुका चाडपर्व तथा पाथीभरा आउने तीर्थयात्रीको व्यवस्थापनमा सहजताका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

उता, मुक्कुम्लुङ छोड आन्दोलन घोषणा गरेको पक्षले भने भदौ २४ गते देखि केवलकार निर्माणको लाइसेन्स खारेज नभए सम्मका लागि भन्दै फुङलिङ देखि काफ्लेपाटी सम्म यातायात बन्दको घोषणा गरेका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts