|

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि मोरङ र सिराहा प्रतिस्पर्धा गर्दै

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १० । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सगरमाथा युथ क्लब मोरङ र सलहेश युवा क्लब सिराहाबिच प्रतिस्पर्धा हुने भएको छ । गोल्डकपको उपाधि दावीसहित दुवै टोलीले सोमबार हुने प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
यसअघि शक्रबार भएको सेमीफाइतलमा आयोजक टोली संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ को गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्ल्ब फाइनलमा पुगेको हो । यस्तै पेनाल्टी सुटआउटमा ४–२ को गोलअन्तरले बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई हराउँदै सलहेश युवा क्लब फाइनल पुगेको हो ।
आजको फाइनल खेलमा उपाधि जित्नेगरी खेल प्रदर्शन गर्ने दुवै टोलीका प्रशिक्षक तथा कप्तानले दावी गरेका छन् । सलहेश युवा क्लबका प्रशिक्षक राजीव यादवले यसअघिका विभिन्न खेलमा सगरमाथासँग प्रतिस्पर्धा गरेको अनुभवसहित फाइनलमा प्रतिस्पर्धा गर्ने बताउनुभयो । त्यस्तै सगरमाथाका प्रशिक्षक युवेन गुरुङले पनि सलहेशसँग विगतमा आम्नेसाम्ने भएर खेलेको अनुभव रहेको सुनाउनुभयो ।
लाखेजात्राको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ ३ गते सोमबारदेखि सुरु भएको हो । प्रतियोगितामा भारत, सिलिगुढीको कञ्चनजंघा फुटबल क्लबसहित आठ टोलीको सहभागिता रहेको थियो । फाइनल खेल आज दिउँसो २ः३० बजेदेखि सुरु हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।
यता यसवर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts