दोस्रो ताप्लेजुङ गोल्डकपको अन्तिम क्वाटर फाइनलमा बिर्तामोडसंग आर्मी स्तब्ध

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ६ । विभागीय टोली त्रिभुवन आर्मी क्लवबिरुद्धको चौथो क्वाटर फाइनल खेल जित्दै बिर्तामोड युनाइटेड फुटबल क्लव (झापा) दोस्रो ताप्लेजुङ गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । यो संगै बिर्तामोडले भदौ ८ गते हुने दोस्रो सेमीफाईनलमा सिराहाको सलहेश यूथ क्लवसंग फाइनल यात्राका लागि भीडन्त गर्ने छ ।

बिहीबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बिर्तामोडले अधिकाँस नेपाली राष्ट्रिय टोलीमा आवद्ध खेलाडीले भरिएको त्रिभुवन आर्मीविरुद्ध ३–० को जीत निकालेको हो । मध्यान्तर पछिको पहिलो मिनेटमै बिर्तामोडका लागि अभिषेक गुरुङले गोल गरे । सौरभ सुब्बाले खेलैदानको ‘फ्लांक साइट’बाट बिपक्षी खेलाडीलाई छक्याउँदै डिवक्स नजिक बल पु¥याएर दिएको पासलाई अभिषेकले गोलमा परिणत गरेका थिए । खेलको ६५ औं मिनेटमा बिर्तामोडका लागि देवेन्द्र तामाङले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै टीमको अग्रता दोब्बर पारे । मैदानको मध्यभाग भन्दा टाढाबाट उनले प्रहार गरेको वलले सिधै जाली चुम्दा त्रिभुवन आर्मीका गोलकिपर नवीन परियारले बलको मेसोनै पाएनन् । २–० ले अगाडि रहेको बिर्तामोडले मध्यान्तर पछिको खेलमा आर्मीलाई निकै दबाबमा राख्यो । खेलको ६६ औं मिनेटमै हिसुफ थपलियाले टीमका लागि तेस्रो गोल गर्दै आफ्नो टिमलाई आर्मीबिरुद्ध जीतउन्मुख गराए ।

आर्मीका कप्तान समेत रहेका नेपाली राष्ट्रिय टोलीमा आवद्ध भरत खवास,नवयुग श्रेष्ठ,कमल पाथा,रिपु भुलन,भरत चौधरी,शेखर जिमी सहितका खेलाडीका अघि बिर्तामोडका देवेन्द्र तामाङ,युसफ थपलिया,दिवस उराउ,सौरभ सुब्बा र रोशन कार्की सहितका खेलाडी भारी देखिए । २–० ले पछि परेको खेलमा फर्कन आर्मीका प्रशिक्षक मेघराज केसीले टिमका अग्रभागका खेलाडी नवयुग श्रेष्ठ र कमल थापालाई बेञ्चमा राखेर बिनोद नेम्बाङ र रीतबहादुर चौधरीलाई मैदानमा पठाएपनि आर्मीले गोल गर्न सकेन । मध्यान्तर अघिको खेलमा नवयुगका तीनवटा प्रहारले गोलको दिशा लिएन भने कप्तान खवासको प्रहार पनि खेर गयो । पासको लय मिलेपनि फिनिसिङमा चुक्दा आर्मी ताप्लेजुङ गोल्डकपको क्वाटर फाईनलबाटै बाहिरिएको छ ।

आर्मी घरेलु मैदानमै झापा–११ लाई पराजित गरेर झापा गोल्डकपको उपाधि उचाल्ने टिम हो । आर्मी भर्खरै मात्र डुरान्ड कप खेलेर फर्किएको टीम हो । शुक्रवार हुने पहिलो सेमीफाइनलमा गृहटीम संघर्ष स्पोर्टिङ क्लव र मोरङको सगरमाथा यूथ क्लव आमनेसामने हुँदैछन् । संघर्ष उद्घाटन खेलमा भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लवलाई ७–५ गोल अन्तरले पराजित गर्दै सेमीफाईनल पुगेको टोलीले हो । सलहेश पाँचथर फुटबल क्लवलाई पराजित गर्दै सेमीफाइनल पुगेको हो । मोरङको सगरमाथा यूथ क्लव नेपाल सुपर लिग खेलेको बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउने टोली हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts