१५ बर्षे बालिकालाई पटक–पटक जबरजस्ति करणी गरेको अभियोगमा ताप्लेजुङमा एकजना पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ४ । १५ बर्षे एक नावालिकालाई प्रलोभान देखाई पटक–पटक जबरजस्ति करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २७ बर्षे एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङका २७ बर्षिय वीरबहादुर विक रहेका छन् । प्रहरीले उनको ठेगाना खुलाएको छैन ।

प्रहरीले मेरिङदेन गाउँपालिका वडा नं ३ दोभान बजारबाट उनलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । वीरबहादुर माथि १५ बर्षिय ति बालिकालाई गत बैशाख ५ गते पहिलोपटक,८ गते दोस्रो पटक र साउन २९ गते तेस्रो पटक जबरजस्ति करणी गरेको अभियोग रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts