नेपालमा बाल उमेर समूहमै बिबाह गर्नेको संख्या २६ हजार बढी,ताप्लेजुङमा दुईसय हाराहारी भेटिए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २८ । नेपालमा २६ हजार बढीले बाल उमेर समूहमै बिबाह गर्ने गरेको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को अनुसूची–२६ मा हाल गणना भएको स्थलमा बसोबास गर्न आउनुको मुख्य कारण के हो भनेर सोधि तयार भएको प्रतिबेदन अनुसार कूल २६ हजार ७७ बालबालिका बिबाहका कारण आफु बसोबास भएको स्थलमा आएका छन् । कूल संख्यामध्ये बालिकाको संख्या २४ हजार ६ सय ४१ र बालकको संख्या १ हजार ४ सय ३६ रहेको छ ।

प्रतिबेदन अनुसार नेपालमा कूल बालबालिकाको संख्या १० लाख ५२ हजार ८ सय रहेको छ । सो अनुसार नेपालमा बालिका भन्दा बालकको संख्या बढी छ । ५ लाख ५२ हजार ३ सय ६१ जना बालक हुँदा ५ लाख ४ सय ३९ जना बालिका रहेका छन् । बिबाहका कारण गणना भएको स्थलमा सबैभन्दा बढी तराईमा बसोबास गर्ने बालबालिका देखिएका छन् । प्रतिबेदन अनुसार तराईमा १५ हजार १३ जना बसोबास गर्ने गरेका छन् । त्यसमा १४ हजार ८२ बालिका र ९ सय ३१ बालक छन् । यस्तै पहाडमा बिबाहका कारण बसोबास गर्नेमा ९ हजार १ सय ९३ बालिका र ४ सय ५४ बालक गरी कूल ९ हजार ६ सय ४७ जना बसोबास गर्ने गरेका छन् । हिमालमा १ हजार ४ सय १७ बालबालिका बिवाहका कारण बसोबास गर्न पुगेका छन् । जसमध्ये १ हजार ३ सय ६६ जना बालिका र ५१ ज्ना बालक रहेका छन् ।

बिबाहकै कारण अर्ध शहरी क्षेत्रमा बसोबास गर्न पुग्नेको संख्या सबैभन्दा धेरै रहेको पाइएको छ । अर्ध शहरी क्षेत्रमा ११ हजार ५ सय ३१ जना बालबालिका बिबाहका कारण बसोबास स्थल बनाउन बाध्य भएका छन् । जसमा १० हजार ८ सय २३ बालिका र ७ सय ८ जना बालक रहेका छन् । यस्तै ग्रामीण क्षेत्रमा बाल उमेर समूहमा बिबाह गर्नेमध्ये १० हजार ३ सय ४९ जना बसोबास गर्छन्,जसमध्ये ९ हजार ९ सय ७१ जना बालिका र ३ सय ७८ जना बालक रहेका छन् ।

शहरी क्षेत्रमा ४ हजार १ सय ९७ जना बसोबास गर्छन् । त्यसमा ३ हजार ८ सय ४७ जना बालिका र ३ सय ५० जना बालक रहेका छन् । बाल उमेर समूहमै बिबाह गर्नेमध्ये गाउँपालिकामा भन्दा नगरपालिकामा बसोबास गर्नेको संख्या बढी रहेको छ । प्रतिबेदन अनुसार नगरपालिकामा १४ हजार ९ सय ७० बालिका र ९ सय ४१ बालक गरी कूल १५ हजार ९ सय ११ जना बसोबास गर्छन् । गाउँपालिकामा भने ९ हजार ७ सय ६१ बालिका र ४ सय ९५ बालक गरी कूल १० हजार १ सय ६६ जना बसोबास गर्छन् ।
ताप्लेजुङमा बाल उमेर समूहमा बिबाह गर्ने २ सय बढी
राष्ट्रिय जनगणना २०७८ को प्रतिबेदन अनुसार ताप्लेजुङमा २ सय १ जनाले बाल उमेर समूहमै बिवाह गरेर गणना भएको स्थलमा बसोबास गर्ने गरेको जवाफ दिएका छन् । त्यसमध्ये १ सय ९४ जना बालिका र ७ जना बालक रहेका छन् । ताप्लेजुङमा जम्मा १ हजार १ सय ४० बालिका र १ हाजर ३७ जना बालक रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । यहाँको जनसंख्या भने १ लाख २० हजार ५ सय ९० हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts