असोज तेस्रोे साता भित्रमा वडा–वडामार्फतनै योजनाको सम्झौता सक्ने आठराई त्रिबेणीको योजना

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २५ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले उपभोक्ता समितिमार्फत हुने योजनाहरु भदौ महिना भित्रमा समिति बनाई वडा–वडामै दर्ता गरिसक्ने भएको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार असोजको तेस्रो साताभित्रमा योजनाको सम्झौता गरिसक्ने निर्णय समेत भएको छ । गाउँपालिकाले यसअघि देखि नै सम्वन्धित वडामार्फत योजनाको सम्झौता गर्दै आइरहेको छ ।

पालिका अध्यक्ष पोमूका अनुसार संघीय सरकार,प्रदेश सरकार र गैर सरकारी संस्थाहरुमार्फत पालिकामा सञ्चालन हुने योजनाका बारेमा भदौ पहिलो साता भित्रमा सम्वन्धित योजनाका नियमक र कार्यान्वयनकर्ताहरुसंग छलफल गरिने छ ।

पालिकाले गत आव २०८०।८१ को बारेमा जनप्रतिनिधि र बिषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुसंग समिक्षा समेत गर्ने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts