आव २०५४।५५ देखि २०८०।८१ सम्ममा ताप्लेजुङमा भएका विपद्का घटनाबाट १६३ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १२ । आर्थिक बर्ष २०५४।५५ देखि २०८०।८१ को २७ बर्षको अवधिमा विपद्का घटनाबाट ताप्लेजुङमा १ सय ६३ जनाले ज्यान गुमाएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले चालू आवका लागि तयार पारेको विपद् प्रतिकार्य योजनामा उल्लेख भए अनुसार प्रकोपका घटनाबाट १ सय ६३ जनाको मानवीय क्षति भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले आगलागी,बाढीपहिरो,भूकम्प,हुरीबतास,चट्याङ र अन्य विपद्का घटनालाई प्रकोपको रुपमा उल्लेख गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको संयोजन जिल्ला प्रशासन कार्यालयले गर्छ भने प्रमुख जिल्ला अधिकारी जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालू आविका लागि तयार पारेको विपद् प्रतिकार्य योजना कार्यालयको वेवसाइटमार्फत सार्वजनिक गरेको छ । प्रतिकार्य योजनामा उल्लेख भए अनुसार आव २०५४।५५ मा १७ वटा,२०५५।५६ मा ९५ वटा,२०५६।५७ मा १ सय ८१ वटा,२०५७।५८ मा ६७ वटा,२०५८।५९ मा १ सय ७ वटा र २०५९।६० मा २ सय ९३ वटा विपद्का घटना भए । यस्तै २०६०।६१ मा १ सय ६२ वटा,२०६१।६२ मा १ सय ६ वटा,२०६२।६३ मा ८७ वटा,२०६३।६४ मा ४४ वटा,२०६४।६५ मा ९६ वटा,२०६५।६६ मा १ सय ६ वटा,२०६६।६७ मा १ सय ५ वटा र २०६७।६८ मा १ सय ३० वटा घटना भएको प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।

विपद्का घटनाका हिसावले आव २०६८।६९ सबैभन्दा घातक बर्ष रहेको पाईएको छ । उक्त आवमा १ हजार ४ सय ६८ वटा घटना भएका छन् । सो बर्ष सबैभन्दा बढी हुरी बतासका घटना भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै आव २०६९।७० मा १ सय २४ वटा,२०७०।७१ मा १ सय ६९ वटा,२०७१।७२ मा ५ सय ८५ वटा,२०७२।७३ मा १ सय ५४ वटा,२०७३।७४ मा १ सय २८ वटा,२०७४।७५ मा ६७ वटा र २०७५।७६ मा ८९ वटा विपद्का घटना भएका छन् । आव २०७६।७७ मा ८३ वटा,आव २०७७।७८ मा १ सय २० वटा,२०७८।७९ मा ९७ वटा,२०७९।८० मा २ सय ५९ वटा र २०८०।८१ मा १ सय ३२ वटा विपद्का घटना भएका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts