नापी कार्यालय ताप्लेजुङले आव २०८०।८१ मा उठायो साढे १६ लाख बढी राजश्व,माग र निबेदनका अधिकाँस सेवा पूरा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३ । ताप्लेजुङ नापी कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०८०।८१ मा साढे १६ लाख बढी राजश्व संकलन गरेको छ ।

नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठका अनुसार आव २०८०।८१ मा कूल १६ लाख ५४ हजार ८ सय ३७ रुपैयाँ राजश्व भएको हो । सबैभन्दा बढी राजश्व फिल्ड रेखाङ्कन वापत संकलन भएको छ । यो शीर्षकमा ११ लाख ६१ हजार ८ सय ५४ रुपैयाँ संकलन भएको छ । त्यसपछि नक्सा बिक्रीबाट ४ लाख ८ हजार ९ सय ३० रुपैयाँ संकलन भएको छ । कित्ता एकीकरणवापत ७३ हजार ३ सय ५३ रुपैयाँ र क्षेत्रीय किताव उतारवापत १० हजार ७ सय रुपैयाँ संकलन भएको नापी कार्यालयले जनाएको छ ।

नापी कार्यालयले क्षेत्रीय किताव उतार,नक्सा बिक्री,क्षेत्रफल जाँच(टायल चेक),फिल्ड रेखाङ्कन,कित्ता एकीकरण,नक्सा अद्यावधिक र कित्ताकाट सहितका सेवा प्रदान गर्छ । क्षेत्रीय किताव उतार,क्षेत्रफल जाँच,कित्ता एकीकरण,नक्सा अद्यावधिक सहितका सबै कार्यमा माग र निबेदनका आधारमा सबै काम पूरा भएको र फिल्ड रेखाङ्कका केहि काम चालू आवका लागि जिम्मेवारी सरेको नापी कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts