|

जिप दुर्घटना हुँदा चालकसहित सात घाइते

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ३० । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा आइतबार जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । फुङ्लिङ नगरपालिका–७ हेलिप्याड नजिक पौडेल चौकमा अचानक स्टेरिङ टाइरेट भाँचिएर बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइत भैका हुन् ।
सिरिजंघा गाउँपालिका–४ तेल्लोकबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ ज ३३१३ नम्बरको जिप दुर्घटना भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार जिप दुर्घटनामा चार महिला र तीनजना पुरुष घाइते हुनुभएको छ ।
घाइते हुनेमा १८ वर्षीया मुना भट्टराई, ३५ वर्षीया श्रीमाया पौडेल (भट्टराई), १७ वर्षीया इच्छा लिम्बू, २८ वर्षीया सरीता भट्टराई, २३ वर्षीय धनकुमार भट्टराई र ४१ वर्षीय बुद्धि थापा रहनुभएको छ । यस्तै जिपका चालक इलामको रोङ गाउँपालिका–४ भालुझोडा निवासी २४ वर्षीय अवि तामाङ रहनुभएको छ ।
चालक तामाङबाहेक सबैजना सिरिजंघा गाउँपालिकाका रहनुभएको प्रनाउ रावलले जानकारी दिनुभयो । उहाँकाअनुसार घाइते सबै जनाको टाउको, हातलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य अवस्थामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । जिप सडकबाट करिव छ–सात मिटर तल झरेर दुर्घटना भएको पनि प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts