ताप्लेजुङको फक्ताङलुङको नीति,थप बेरुजु बढ्न नदिने,भएको बेरुजु सम्परीक्षण गरी शुन्यमा झार्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आगामी आर्थिक बर्षभित्रको सम्परीक्षणका क्रममा गरी बेरुजु शुन्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।

असुल गर्नुपर्ने १९ लाख १० हजार रुपैयाँ बेरुजु असुलीका लागि पत्राचार भई असुलीको क्रममा रहेको बताउँदै पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले बेरुजु बारे पालिकाको धारणा सार्वजनिक सूचनामार्फत जारी गर्नु भएको छ । पालिकाले बेरुजु घटाउने तथा थप बेरुजु बढ्न नदिन कार्यालयको हिसावकिताव चुस्त–दुरुस्त राख्ने प्रतिबद्धता जनाएको छ । फक्ताङलुङ गाउँपालिकाको बेरुजु ५ करोड ५७ लाख रुपैयाँ रहेको छ । अध्यक्ष लावुङका अनुसार कूलमध्ये ५ करोड ८ लाख बेरुजु प्रमाण पेशगर्नुपर्ने प्रकृतिको रहेको छ । यो रकम रुजुका लागि पालिकाकोतर्फबाट आवश्यक प्रमाण कागज जुटाउने कार्य थालिएको अध्यक्ष लावुङले बताउनुभयो ।

लावुङका अनुसार प्रमाण पेशगर्नुपर्ने प्रकृतिको बेरुजुको ठूलो हिस्सा विगतका बर्षहरुबाट नै कायम हुँदै आएको तथा आर्थिक बर्ष २०७८।७९ को आयव्यय विवरणमा बैंक हिसाव र पालिकाको सूत्र प्रविष्टिको समस्याका कारण देखिएको हो । बैंक हिसाव र पालिकाको सूत्र प्रविष्टीको समस्याका कारणले ३ करोड ७६ लाख रुपैयाँ हिसाव मिलान गर्नुपर्ने बेरुजु रहेको समेत पालिकाले जनाएको छ । कूल बेरुजुमध्ये १ करोड ८१ लाख रुपैयाँ कागज प्रमाण पेश गर्दा फस्र्योट हुने भएकोले यसका लागि समेत पालिकाले आवश्यक प्रकृया चालेको अध्यक्ष लावुङले बताउनुभयो । यस्तै नियमित नभएको ३० लाख ५१ हजार रुपैयाँको बेरुजु फस्र्योटका लागि पनि पालिकाकोतर्फबाट प्रकृया सुरु भइसकेको समेत अध्यक्ष लावुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts