इन्द्रावति खोलाको भङ्गालोमा परी बेपत्ता भारतीय नागरिकको शव फेला

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ९ । इन्द्रावती खोलाको भङ्गालोमा परी शनिवारबाट बेपत्ता इङ्वा हाइड्रोपावरमा काम गर्ने अन्दाजी ४० बर्षिय पुरुष मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)रवि रावलका अनुसार पाँचथरको याङवरक गाउँपालिका वडा नं ३ स्थित इङ्वा हाइड्रो पावरमा कार्यरत भारतीय नागरिक बैकुण्ठ बिहारीको शव आइतवार फेला परेको हो । बिहारीको शव ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको सिदिङ्वा गाउँपालिका वडा नं ३ इन्द्रवातिखोलाको सितेधार नजिक फेला परेको प्रहरीले जनाएको छ ।
शनिवार हाइड्रो नजिक रहेको ढुङ्गे भन्ने स्थानमा शौच गर्ने क्रममा अचानक चिप्पिएर बिहारी इन्द्रावति खोलाको भङ्गालोमा पर्नु भएको थियो । सो हाईड्रो पावरमा मिम्चर चलाउँदै आउनु भएका उहाँ इन्द्रावति खोलाको भङ्गालोमा परेको खबर पाउनासाथ ताप्लेजुङ र पाँचथरमा रहेका आसपासका प्रहरी युनिटहरुद्धारा खोजी कार्य जारी राखिएको थियो । खोजी गर्ने क्रममा बिहारीको शव भेटिएको र आवश्यक कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालतर्फ पठाईएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।