सामाजिक उत्तरदायित्वका कार्यक्रम पालिकामार्फत मात्र गर्न ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको आग्रह

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सामाजिक उत्तरदायित्व सम्वन्धीका योजना तथा कार्यक्रम गर्दा स्थानीय सरकारमार्फत मात्र गर्न गराउन पालिकामा सञ्चालित सबै जलबिद्युत परियोजनालाई निर्देशन दिएको छ ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले स्थानीय सरकारलाई आफ्ना नागरिकका आवश्यकता पहिचान हुने र कुन क्षेत्रमा कस्ता कार्यक्रम तथा योजना सञ्चालन गर्दा स्थानीय नागरिक बढी लाभाविन्त हुन्छन् भन्ने पूर्ण जानकारी हुने भएकोले सामाजिक उत्तरदायित्व(सिआरसी)अन्र्तगतका कार्यक्रम गर्दा स्थानीय सरकारमार्फत मात्र गर्न गराउन निर्देशन दिनु भएको छ । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–३ तथा गाउँपालिका तथा नगरपालिकाको काम,कर्तव्य र अधिकार सम्वन्धी व्यवस्थाको दफा ११(छ)(२)लाई समेत स्मरण गर्न जलबिद्युत परियोजनाहरुलाई भनिएको छ ।

उल्लेखित ऐनमा स्थानीय तहभित्र सञ्चालित योजनाहरुको तर्जुमा,कार्यान्वयन अनुगमन गर्ने अधिकार सम्वन्धित स्थानीय तहको हुने व्यवस्था गरिएको छ । यस्तै जलबिद्युत आयोजनाहरुले निर्माण कार्य गर्नुपूर्व पेश गरेको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिबेदनमा नै वातावरणीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्वन्धित स्थानीय तहमार्फत गर्नुपर्ने व्यवस्थाका बारेमा पनि पालिकाले पालिकाभरीमा सञ्चालित जलबिद्युत परियोजनाहरुलाई स्मरण गराएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts