ताप्लेजुङ र पाँचथरका सुरक्षा अधिकारीहरुको बैठक काबेलीमा,अपराध नियन्त्रणका सवालहरुमा सहकार्य गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २४ । ताप्लेजुङ र पाँचथरका सुरक्षा अधिकारीहरुले अपराध नियन्त्रणका सवालहरुमा सहकार्य गरी अघि बढ्ने निश्कर्ष निकालेका छन् ।

ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेलीमा बिहीबार भएको दुई जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक उक्त निश्कर्षमा पुगेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार लागु औषध,चोरी पैठारी लगायतका सवालहरुमा दुबै जिल्लाका सुरक्षा निकायले सहकार्यमा काम गर्ने सहमति भएको छ । पछिल्लो समय लागु औषध प्रयोगकर्ता र आयातकर्ताहरुलाई ताप्लेजुङ प्रहरीले उच्च निगारानीमा राखी पक्राउ र अनुसन्धान गर्दै आइरहेको छ ।

मेची राजमार्ग हुँदै ताप्लेजुङ आइपुग्न इलाम र पाँचथरमा पर्ने अधिकाँस सडक प्रयोग गर्नुपर्छ । काबेली नदी तरेपछि करिव २३ किलोमिटर दुरी छिचोल्दा ताप्लेजुङको फुङलिङ पुगिन्छ । त्यसभन्दा उताको सबै सडक क्षेत्र पाँचथर जिल्लामा पर्छ । दुई जिल्लाका सुरक्षा अधिकारीहरुले सम्भावित मनसुनजन्य बिपद् सहितका बिषयमा समेत छलफल गरेका थिए । विपद्का समयमा हुने सडक अवरुद्ध सहितका जोखिम र मालसमान ढुवानी सहितका बिषयमा समेत छलफल केन्द्रित भएको बैठकमा सहभागी सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts