| |

पाथीभरा याङ्वरकमा युवा संघको कमिटी गठन

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ११ । सत्तारुढ दल नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको पाथीभरा याङ्वरक गाउँपालिकामा कमिटी गठन भएको छ । बिहीबार सम्पन्न भएको प्रथम अधिवेशनले लक्ष्मण भट्टराई अध्यक्ष रहेको ३३ सदस्यीय युवा संघ नेपालको पालिका कमिटी चयन गरेको हो ।
पालिका कमिटीको उपाध्यक्षमा अमृत थेबे, सचिवमा नवीन सुनुवार, उपसचिवमा निलम साम्सोहाङ र रणदीप लिम्बू तथा कोषाध्यक्षमा मनमाया लिम्बू चयन हुनुभएको छ । पालिकाको अधिवेशनबाट सर्वसम्मत कमिटी चयन गरिएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा विभाग प्रमुख अम्विका नुगोले जानकारी दिनुभयो ।
युवा संघको पालिका अधिवेशन एमाले जिल्ला कमिटी उपसचिव गोपाल न्यौपाने, निवर्तमान जिल्ला कमिटी सचिव एवम् पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा लगायतका पार्टी नेतृत्व तथा संगठनका नेतृत्वको उपस्थितिमा सम्पन्न भएको बताइएको छ ।

Similar Posts