पालिकाभरीका कोहि सदस्यको मृत्यु भए नगद र समबेदनापत्र सहित आफन्तलाई सान्त्वना दिन पुग्ने सिरिजङ्गाको तयारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाभरीमा बसोबास गर्ने कोहि सदस्यको मृत्यु भए मृत्यु संस्कारमा सहयोग पुग्नेगरी प्रतिघरधुरी ५ हजार रुपैयाँ तत्कालै सहयोग गर्ने भएको छ ।

आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम ल्याईसकेको गाउँपालिकाले आगामी आवको बजेटमा उक्त प्रवन्ध गर्ने तयारी गरेको छ ।‘मृत्यु भएका सदस्यका आफन्तलाई सान्त्वना प्रदान गर्न पालिका समबेदना पत्र र सहयोग रकम लिएर पुग्नेगरी बजेटको प्रवन्ध गर्ने तयारीमा छौं’पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले भन्नुभयो ।

पालिका अध्यक्ष लालकृष्ण चौहानले उक्त रकम ठूलो सहयोग नभएपनि मृत्यु भएका सदस्यका आफन्तलाई दुःखको समयमा सान्त्वना प्रदान गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेर बजेटको प्रवन्ध गर्न लागिएको जानकारी दिनुभयो ।

पालिकाले गाउँनगर प्रहरी नियुक्त गर्नेगरी आगामी आवको बजेटमा व्यवस्थापन गर्ने भएको छ । गाउँ नगरप्रहरीलाई सामाजिक काम र संस्कार,फोहोरमैला व्यवस्थापनको सुपरीवेक्षण,मानवीय जनशक्तिले व्यवस्थापन हुने बिपद्का समस्यामा निवारण सहित पालिकाको समग्र हितमा परिचालन गर्ने गाउँपालिकाको तयारी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts