स्थापना दिवसको अवसरमा शिक्षक संघद्धारा अस्पतालका बिरामीलाई उपचार रकम सहयोग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३० । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति ताप्लेजुङले ३५ औं स्थापना दिवसको अवसरमा आइतवार ताप्लेजुङ अस्पतालका बिरामीलाई उपचार सहयोग रकम बितरण गरेको छ ।

अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित उपचार सहयोग रकम बितरण गरिएको नेपाल शिक्षक संघ ताप्लेजुङका सचिव चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । अस्पतालमा रहेका १३ जना बिरामीलाई उपचार सहयोग रकम बितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान समेत गरिएको शिक्षक संघले जनाएको छ । सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल,नेपाली काँग्रेस केन्द्रीय प्रचार विभाग सदस्य शिला इजम,शिक्षक संघका जिल्ला अध्यक्ष रामप्रसाद लावुङ सहितले शिक्षक संघको स्थापना र आगामी दायित्व बारे आ–आफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts