७८ जना प्रावि शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङद्धारा नियुक्ति पत्र बितरण
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २७ । प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भई आएका ७८ जनालाई मंगलवार शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले एक कार्यक्रममार्फत नियुक्ति पत्र बितरण गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले सिफारिस भई आएका ७८ जनालाई नियुक्ति पत्र सहित कार्यस्थलका लागि बिदाई गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार फक्ताङ्लुङ गाउँपालिकामा २१ जना,मैवाखोला गाउँपालिकामा १२ जना,सिरिजङ्गा गाउँपालिका,पाथीभरा याङ्वरक गाउँपालिका,आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकामा समान ८–८ जनाको दरबन्दी अनुसार नियुक्तिपत्र प्रदान गरिएको छ ।
यस्तै मिक्वाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा समान ६–६ जना र फुङलिङ नगरपालिकामा सबैभन्दा कम १ जनाको दरबन्दी अनुसार नियुक्ति पत्र प्रदान गरिएको हो । सो अवसरमा शिक्षक सेवामा नयाँ प्रवेशीहरुलाई कार्यस्थलमा अपनाउनुपर्ने शैली र प्रकृयामा बारेमा समेत जानकारी गराईएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।