ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण हुनैपर्ने माग सहित फुङलिङमा ‘वृहत्त नागरिक सद्भाव ¥याली’

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २४ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा तत्काल केवलकार बन्नुपर्ने अडान सहित शनिवार फुङलिङमा जनप्रर्दशन गरिएको छ ।

ताप्लेजुङ विकासप्रेमी समाजको अगुवाईमा केवलकार बन्नुपर्ने माग सहित प्लेकार्ड र ब्यानर लिएर सुरु भएको‘वृहत्त नागरिक सद्भाव ¥याली’ले नगर परिक्रमा गरेको हो । सो क्रममा नौमति बाजा,च्याब्रुङ सहित बिभिन्न जातजाति र समुदायको संस्कृति भल्कने झाँकी समेत प्रर्दशन गरिएको थियो । जनप्रतिनिधि,बिभिन्न संघसंस्था,आमा समूह,सामाजिक संघसंस्थाहरु र नागरिकहरु स्फुर्त रुपमा सहभागी भएको ताप्लेजुङ विकासप्रेमी समाजले जनाएको छ ।‘समृद्धि बन्ने हो हाम्रो आफ्नै कर्मले,विकास नगर भन्दैन कुनै आस्था र धर्मले’ ‘नगरौं गलत प्रचार,यातायातको प्रविधियुक्त साधन हो केवलकार’,‘केवलकार ताप्लेजुङको सान,बन्ने छ अर्थतन्त्र चलायमान’ ‘खुसी हुनेछन् भावी सन्तती,केवलकारले विनास गर्दैन प्रकृति’ ‘ताप्लेजुङको समृद्धिको आधार, पाथीभरा(मुकुम्लुङ)मा केवलकार’ जस्ता नारा लेखिएका प्लेकार्ड व्यानर सहित नगर परिक्रमा गरिएको युवा निर्माण व्यवसायी इन्द्र केदेमले जानकारी दिनुभयो ।

संयुक्त जनप्रर्दशन अघि युवाहरुले फुङलिङमै मोटरसाईकल ¥याली समेत निकालेका थिए । जनप्रर्दशन पछि आयोजित कोणसभामा युमा साम्यो अभियान्ता पदमचेञ्जी मावोले ताप्लेजुङ जिल्लाको विकास,समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केवलकार बन्नुपर्ने बताउनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासमा केवलकारको निर्माणले ठूलो टेवा पु¥याउने भएकोले विकासमा अवरोध पु¥याउन नहुने दावी गर्नुभयो । महिला अगुवा मिना गुरुङले केवलकार निर्माणप्रति भ्रम सृजना गरेर विकास नरोक्न आग्रह गर्नुभयो । अहिले केवलकार बन्नुपर्ने पक्षमा रहेका बिभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका अगुवाहरुले सम्बोधन गरिरहनु भएको छ । शनिवार बिहान केवलकार निर्माणको विपक्षमा रहेकाहरुले तोक्मेडाँडामा कोणसभा गरेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts