अभिभावकलाई बिद्यालयसंग जोड्ने ताप्लेजुङको सिनाम माविको प्रयत्न,बिद्यालय आमा समूह गठन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १७ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामस्थित सिनाम माविमा बिद्यालय आमा समूह गठन भएको छ ।

घरघरमा शैक्षिक वातावरण निर्माण,बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार,सामाजिक विकृति बिरुद्ध जनचेतना अभिबृद्धि,बिद्यार्थीको सिकाईमा आउने समस्या समाधानमा पारिवारिक सहयोग सहितका उद्देश्य राखेर बिद्यालय आमा समूह गठन भएको सिनाम माध्यमिक बिद्यालयमा प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार गठित समूहले बिद्यालय,बिद्यार्थी र अभिभावकलाई शिक्षण सिकाई सुधारसंग प्रत्यक्ष रुपमा जोड्ने छ । बिद्यालयको चौतर्फी विकासमा सहयोग पु¥याउन बिद्यालय आमा समूह उपयुक्त माध्यम बन्ने गौतमले विश्वास लिनुभयो ।

अभिभावकहरुलाई बिद्यालयसंग जोड्ने मात्र नभई बिद्यार्थीको सिकाई अवस्थाको विश्लेषण गरी पढाई सुधारका लागि बिद्यालय र अभिभावकको भूमिका बढाउन समेत यसले सघाउ पु¥याउने उहाँले बताउनुभयो । यस कार्यका लागि प्रत्येक महिना बिद्यालय आमा समूहको बैठक बस्ने,अर्धबार्षिक रुपमा आमा समूहको मात्र आमभेला बस्ने,आमभेलाबाट प्राप्त निश्कर्षलाई शैक्षिक सुधारका लागि उपयोग गर्न बिद्यालयसंग प्रत्यक्ष सरोकार राख्ने सबैपक्षसंग अन्तरकृया गर्ने,अन्तरकृयाबाट प्राप्त निश्कर्षका आधारमा शैक्षिक अवस्था सुधारका लागि सरोकारवालाको उपस्थितिमा शैक्षिक योजना बनाउने सहितका कामहरु हुने भएका छन् ।

यस्तै बिद्यालय आमा समूहले बिद्यालयका सबै शैक्षिक गतिविधिमा प्रत्यक्ष सहभागिता जनाउने भएका छन् । बिद्यालय अभिभावक शर्मिला लिम्बू अध्यक्ष रहेको बिद्यालय आमा समूहमा कमला थापा उपाध्यक्ष,सविता चौहान सचिव र सीता दाहाल उपसचिव रहनु भएको सिनाम माविले जनाएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts